• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


ओली सरकारले सुरु गर्‍यो विप्लवसँग वार्ता, प्रचण्ड नेपाल समूहमा खैलाबैला

ओली सरकारले सुरु गर्‍यो विप्लवसँग वार्ता, प्रचण्ड नेपाल समूहमा खैलाबैला

images

प्रभाव न्यूज

२१ माघ २०७७
  • 15.4K
    SHARES
  • images
    ओली सरकारले सुरु गर्‍यो विप्लवसँग वार्ता, प्रचण्ड नेपाल समूहमा खैलाबैला
    images
    images
    images

    सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा वार्ताको सुरुवात गरेको छ ।

    images

    खानेपानीमन्त्री मणि थापाले  नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् ।

    सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’ सँग करिब ३० मिनेट कुराकानी गरेका थिए ।

    मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए । ‘उहाँ र म घनिष्ट मित्र हौँ, काठमाडौँ बसाइँका क्रममा र पढाइका क्रममा धेरै निकट भयौँ ।

    images

    जनयुद्ध लड्दा पनि हामी सँगै भयौँ । अहिले उहाँको स्वास्थ्यमा समस्या भएको भन्ने सुनेको र अनुगमनका लागि कारागार पुगेको बेला भेट भएको हो,’ मन्त्री थापाले भने ।

    images

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा रहेको छ । नेकपाका सह अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल आन्दोलनमा सकडमा भइरहेको अवस्थामा ओलीले विध्वंसात्मक गतिविधिमा संलग्न विप्लवसँग वातौ सुरु गरेपछि यो सबैको चासोको विषय बनेको छ ।

    images
    images

    प्रकाशित :माघ २१, २०७७ बुधवार - ०७:०५:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij