• शुक्रवार, आश्विन २३ गते २०८३

Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते


ओली सरकार बिरुद्ध कांग्रेसले गर्यो ठुलो निर्णय मैदानमा उत्रिए यी नेताहरु

ओली सरकार बिरुद्ध कांग्रेसले गर्यो ठुलो निर्णय मैदानमा उत्रिए यी नेताहरु

images

प्रभाव न्यूज

२० माघ २०७७
  • 19.6K
    SHARES
  • images
    ओली सरकार बिरुद्ध कांग्रेसले गर्यो ठुलो निर्णय मैदानमा उत्रिए यी नेताहरु
    फाइल : तस्विर
    images
    images
    images

     काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलन गरिरहेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले माघ २४ गतेको विरोध प्रदर्शन सफल पार्न सबैमा आह्वान गर्ने निर्णय गरेको छ।

    images

    पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार बसेको विभागको बैठकले संसद विघटनविरुद्ध पार्टी केन्द्रीय कार्यसमिति बैठकले तय गरेको विरोध प्रदर्शन सफल पार्न शुभेच्छुक संस्थाहरूलाई आह्वान गरेको छ।

    बैठकले पार्टीका १८ वटै शुभेच्छुक संस्थालाई माघ २४ गतेको विरोध प्रदर्शन र सभालाई सफल पार्न आह्वान गर्ने निर्णय गरेको विभागका संयोजक एनपी साउँदले बताएका छन्।

    ‘आगामी माघ २४ गते हुन लागेको विरोध प्रदर्शनलाई सफल बनाउनका लागि पार्टीका १८ वटै शुभेच्छुक संस्थाहरूलाई आह्वान गर्ने निर्णय भयो,’ संयोजक साउँदले भने। माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले माघ २४ गते शुभेच्छुक संस्थाहरूलाई ओली सरकारविरुद्ध देशैभर सडकमा उतार्ने निर्णय गरेको थियो।

    images

    विभागको बैठकले ६ वटा प्रदेशमा विभागका संयोजकहरू समेत तोकेको छ। बैठकले १ नम्बर प्रदेशमा झापाका दिपेन पाठक, २ नम्बर प्रदेशमा महोत्तरीका राजु उप्रेती, बागमती प्रदेशमा सिन्धुपाल्चोकका हरिदर्शन श्रेष्ठ, गण्डाकीमा बागलुङका गोविन्द शर्मा, कर्णालीमा कालिकोटका भावना शाही र सुदूरपश्चिममा कञ्चनपुरका मीनबहादुर सिंहलाई प्रदेश संयोजकको जिम्मेवारीमा नियुक्त गरिएको छ।

    images

    लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी रिक्त राखिएको छ। बैठकले पार्टीका १८ वटै शुभेच्छुक संस्थाहरूसँग समन्वय गर्ने जिम्मेवारीसहित विभागीय सदस्यहरूबाट संयोजक तोकेको जनाइएको छ।

    images
    images

    प्रकाशित :माघ २०, २०७७ मंगलवार - २१:५१:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij