• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दशैमा मासु कसरी बनाएर खाने? जान्नुहोस

दशैमा मासु कसरी बनाएर खाने? जान्नुहोस

images

प्रभाव न्यूज

२८ आश्विन २०७८
  • 19.8K
    SHARES
  • images
    दशैमा मासु कसरी बनाएर खाने? जान्नुहोस
    images
    images
    images

    क) दशैँमा मासु खादाँ एकै पटक धेरै नखाने साथै सागसब्जी, फलफूल, पानी र सलाद पनि संगै खानु पर्दछ । यसो गर्दा मासुका नकारात्मक असरहरु कम गर्न सकिन्छ । साथै कब्जियत हुनबाट पनि बच्न सकिन्छ ।                                                          ख) दशैँमा सकेसम्म पोलेको मासु खानु हुदैँन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वस्थकर हुन्छ ।                                                  ग) कतिपयलाइ मासु नपच्ने हुन्छ । यस्तो भए दैनिक एक कचौरा दहीको सेवन गर्नु पर्दछ । यो विहान, खानापछि र दिउसोको समयमा खानु पर्दछ । यसले पाचनलाई राम्रो बनाउँछ ।                                    घ) मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप भएका मानिसले तारेको खानेकुरा र खसिको मासु खानु हुदैँन । यस्तै बढी मासु खाँदा नुन बढी खाइने भएकाले यसले उच्च रक्तचापको समस्या हुन सक्छ । ग्यास्ट्रिकको समस्या भएकाले चिल्लो र पिरो कम खानु पर्दछ ।                                                      ङ) बोसो कम सेवन गर्न चाहानेले कुखुराको भन्दा खसिको मासुबाट बोसो छुट्याएर प्रयोग गर्दा राम्रो हुन्छ । यस्ता मासुमा फ्याटभन्दा प्रोटिनको मात्रा बढी हुन्छ । यस्तै तौललाई कम गर्न चाहानाले मासुसंग भात/चिउरा कम र सलाद, साग बढि खानु पर्दछ । मासु मात्र होइन, शाकाहारी खानामा पनि मात्रा र स्वच्छतामा ख्याल गर्नुपर्ने हुन्छ । अन्यथा शाकाहारी खानाले पनि कतिपय अवस्थामा फाइदा भन्दा नोक्सानी हुन सक्छ ।

    images

    images
    images

    प्रकाशित :आश्विन २८, २०७८ बिहिवार - १४:०५:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij