जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री प्राप्त भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर र एन्टीजेन किट प्राप्त भएको हो। नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, महाधिबेशन प्रतिनिधि वीरकाजी राई, नेपाल तरुण दलका जिल्ला अध्यक्ष भिषण राई, नेविसंघ सभापति राजकुमार वस्नेत, तरुण दलका केन्द्रीय प्रतिनिधि सतेन्द्र सिं ठकुरी, स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष प्रकाश घिमिरे, क्षेत्रिय सदस्य विकास कटवाल, तरुण दलका जिल्ला सदस्य बिराज आचार्य, नेविसंघ जिल्ला उपाध्यक्ष जीवन खत्री लगायतको पहलमा स्वास्थ्य सामग्री आएको हो। जिल्लामा आईपुगेको ५० लिटरको अक्सिजन सिलिण्डर ५ वटा, १० लिटरको अक्सिजन कन्सन्ट्रेटर २ वटा र १ हजार वटा एन्टीजेन किट प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको उपस्थितिमा कांग्रेसका युवा नेताहरुले सोमबार जिल्ला अस्पतालको प्राङगणमा डाक्टर बैभव मल्लिक हस्तान्तरण गरेका छन्। करीव २० लाख बराबरको स्वास्थ्य सामग्री अस्पताललाई वितरण गरिएको स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष घिमिरेले बताए। यस्तै, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, फेदी स्वास्थ्य चौकी, लफ्याङ स्वास्थ्य चौकी र वडहरे स्वास्थ्य चौकीलाई पनि विभिन्न स्वास्थ्य सामग्रीहरु आईपुगेको घिमिरेले बताए।