• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


अमृतमाथी खुँडा प्रहार गरी निर्मम हत्या गर्ने तीन जना नेकपाका कार्यकर्ता पक्राउ

अमृतमाथी खुँडा प्रहार गरी निर्मम हत्या गर्ने तीन जना नेकपाका कार्यकर्ता पक्राउ

images

प्रभाव न्यूज

१४ माघ २०७७
  • 56.9K
    SHARES
  • images
    अमृतमाथी खुँडा प्रहार गरी निर्मम हत्या गर्ने तीन जना नेकपाका कार्यकर्ता पक्राउ
    images
    images
    images

    बझाङ- खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् ।

    images

    छब्बिसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा वर्ष २७ का अमृत सिंहको मृत्यु भएको थियो।

    खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका-२ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई मङ्गलबार नै घटनास्थलबाटै पक्राउ गरिएको थियो। सोही ठाउँका फरार रहेका अन्दाजी वर्ष ३० का प्रकाश ऐडी र केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

    छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको हो।

    images

    उक्त विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेसको प्यानलले नै जितेको थियो। मारिएका अमृत कांग्रेसको भातृ संगठन नेपाल तरुण दलमा आवद्ध थिए। उनीमाथी नेकपाको प्रचण्ड, नेपाल समूह निकटका यूवाहरुले खुँडा प्रयोग गरि हत्या गरेको बताइएको छ।

    images

    images
    images

    प्रकाशित :माघ १४, २०७७ बुधवार - १५:०९:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij