हाम्रो गाउँघरमा पाइने घ्युकुमारी एक जडिबुटी हो। यो प्राय जसो सबैको घरमा सजिलै पाइन्छ। घ्युकुमारीलाई आर्युवेदिक औषधीका रुपमा लिइन्छ। यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यो हरेक मौसममा सजिलै पाइन्छ।
# घ्युकुमारी दैनिक रुपमा सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ। घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन। शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन्।
# घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ। अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा ठिक हुन्छ । घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ।
# घ्युकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ। यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउँनुका साथै कपाललाई बलियो पनि बनाउँछ।
# शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ। आजभोली घ्युकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ।
# यसले गिजाको रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ। पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ। साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन। अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै जान्छ। आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ।
# यसले उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ। घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ। घ्युकुमारीमा शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तत्व हुन्छ। घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ।