• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


संसद विघटनको विरोधमा खोटाङका दुई स्थानमा कांग्रेसको विरोध सभा

संसद विघटनको विरोधमा खोटाङका दुई स्थानमा कांग्रेसको विरोध सभा

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 13.3K
    SHARES
  • images
    संसद विघटनको विरोधमा खोटाङका दुई स्थानमा कांग्रेसको विरोध सभा
    images
    images
    images

    खोटाङ – संसद विघटनको विरोधमा कांग्रेसले खोटाङमा जुलुस सहित विरोधसभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा केन्द्रिय समितिको पुर्वघोषित कार्यक्रम अनुशार कांग्रेसले शनिबार रावाबेँसी गाउँपालिकाको हरम्टार (कुभिन्डे) र खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा जुलुस सहित विरोधसभा गरेको हो । कांग्रेस प्रदेश क्षेत्र (क)को आयोजनामा हरम्टार र कांग्रेस प्रदेश क्षेत्र (ख)को आयोजनामा खोटाङबजारमा बिरोधसभा गरिएको कांग्रेसले जनाएको छ । हरम्टारमा भएको बिरोधसभालाई कांग्रेस जिल्ला सभापति नरेश श्रेष्ठ, पुर्वसभापति एबं महासमिति सदस्य सुवासकुमार पोखरेल, महाधिबेसन प्रतिनिधि जितेन्द्र ठकुरी, विमला राई लगायतले सम्बोधन गरेको कांग्रेस प्रदेश क्षेत्र (क)का सभापति इवन राईले बताए ।

    images

    यस्तै, खोटाङबजारमा भएको कार्यक्रमलाई पुर्वसभापति एबं महासमिति सदस्य विष्णुकुमार राई, महासमिति सदस्य रबिप्रकाश राई, महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, रामकुमार श्रेष्ठ, सहरमान राई, जिल्ला उपसभापति धर्मराज पोखेल, सचिव इच्छुराम राना, कोषाध्यक्ष जीवन राई लगायतले सम्बोधन गरेको कांग्रेस प्रदेश क्षेत्र (ख)का सभापति तिर्थ भट्टराईले बताए । सुरुमा विरोध जुलुस प्रदर्शन गरेपछि सभा गरिएको कांग्रेसले जनाएको छ । दुबै सभाका वक्ताहरुले सरकारको असंवैधानिक कदमको बिरोध जनाएका छन् । बिरोधसभा लागि गाउँ–गाउँबाट कार्यकर्ता तथा समर्थकलाई उतारेको कांग्रेसले जनाएको छ ।   

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १६:०२:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij