नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पुस १९ गतेको बैठकपछि पटक-पटक स्थगित भएको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेपछि सानेपामा बस्न लागेको हो।
बैठकमा दोस्रो चरणको आन्दोलनको समीक्षा, थप आन्दोलनको कार्यक्रम, पार्टीको महाधिवेशन तयारी र प्रदेशमा पेश भएका अविश्वास प्रस्तावबारे छलफल हुने जनाईएको छ।