• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


पूर्व एमाले हावी हुने भएपछि प्रचण्ड तनावमा, अव गुप्त खेल खेल्ने

पूर्व एमाले हावी हुने भएपछि प्रचण्ड तनावमा, अव गुप्त खेल खेल्ने

images

प्रभाव न्यूज

१२ माघ २०७७
  • 24.6K
    SHARES
  • images
    पूर्व एमाले हावी हुने भएपछि प्रचण्ड तनावमा, अव गुप्त खेल खेल्ने
    images
    images
    images

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेको छ।

    images

    नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र पूर्व एमाले हावी हुने संकेत देखिएपछि माओवादीका पूर्व नेताहरु मोहन वैद्य देखि बाबुराम भट्टराई सम्मलाई पार्टीभित्र ल्याउन कोसिश थालेका छन्।

    पार्टीका अध्यक्ष माधव नेपाल संयोजकत्वमा बनेको पार्टी एकिकरण सम्बन्धी १२ सदस्यीय कार्यदलले तत्कालिन समयमा पार्टी एकताको बेला पूर्व एमाले र पूर्व माओवादीहरुले संयोजन गरेको नेतृत्वलाई यथावत राख्नेगरी मापदण्ड तयार भएपछि प्रचण्ड सशंकित भएर पूर्व माओवादीका नेताहरुलाई पार्टीमा भित्र्याउने गुप्त खेलमा लागेका हुन्।

    प्रचण्ड निकट विशेष स्रोतका अनुसार मोहन वैद्य निकटका नेताहरुसँग प्रचण्ड निरन्तर छलफलमा रहेका छन् । ‘वैद्य निकटका नेताहरुसँग प्रचण्डले छलफल गरिरहनु भएको छ। पार्टी प्रवेश लगायतको विभिन्न विषयहरु भएको महशुस भएको छ,’ प्रचण्ड निकट एक नेताले भने। तत्कालिन एमालेसँगको एकिकरणपछि पनि प्रचण्डले आफू निकटका नेताहरुलाई पार्टी प्रवेश गराएर आफ्नो भागमा परेको २ सय केन्द्रीय सदस्यबाट २ सय पाँच पुर्याएका थिए।

    images

    अहिले पनि मोहन वैद्यसँग भएका नेताहरुलाई पार्टीभित्र प्रवेश गराएर प्रचण्डले माधव नेपाललाई अल्पमतमा पार्ने कोसिस गर्न खोजेको आभास हुन थालेको एक नेताले बताए।

    images

    नेपाल संयोजकत्वमा रहेको कार्यदलले बनाएको मापदण्डलाई कार्यान्वयन गर्दा पार्टी उपाध्यक्ष, महासचिव, बहुमत सचिवालय सदस्य, प्रदेश इन्चार्ज, केन्द्रीय सदस्यदेखि जिल्ला कमिटीसम्म पूर्व एमालेहरुको हावी हुने देखिएपछि प्रचण्डमा छटपटी शुरु भएको थियो। आफू निकटका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणी थापा, गौरीशंकर चौधरी, दावा लामा बालकृष्ण ढुंगेल लगायतका नेताहरु ओली समूहमा लागेपछि प्रचण्डले मोहन बैद्यको साथ खोजेको स्रोतको दावी छ।

    त्यतिमात्र होइन जनजाती तथा मधेशी धारका नेताहरुलाई समेत पार्टीमा भित्र्याउने उनको कोसिस रहेको छ। त्यसकै लागि प्रचण्डले एक सातादेखि जनता समाजवादी पार्टीका अध्यक्ष वावुराम भट्टराईसँग उपराष्ट्रपति नन्दकिशोर पुनको सरकारी निवासमा भेटघाट गरिरहेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच गोप्य भेटघाट भएपनि भेटमा के के कुराकानी भए भन्ने बारेमा उनले माधव नेपाललाई समेत केही बताएका छैनन्। उपराष्टपति नन्दकिशोर पुनको सरकारी निवासमा उनीहरुबीच शुक्रबार भेटघाट भएको समाचार शुक्रबार नै बाहिरिएको थियो। तर एक सातादेखि नै उनीहरुको भेटघाट भएको सुरक्षा स्रोतको दावी छ।

    शुक्रबार भने भृकुटीमण्डपमा भएको आमसभालाई सम्बोधन गरेपनि दाहाल उपराष्टपति निवासमा पुगेका थिए। त्यहाँ उनले बाबुराम भट्टराइसँग करिब एक घण्टा कुराकानी गरेको स्रोतको दावी छ। संसद पुर्नस्थापना र ओली सरकारको बर्हिगमनका लागि दुवै अध्यक्षहरुले संयुक्त आन्दोलन गर्ने विषयमा कुराकानी भएको स्रोतको दावी छ।

    यद्यपि नेपाल दाहाल समूहमा पूर्व एमालेहरु हावी हुने अवस्था आउने भएपछि प्रचण्डले भट्टराई पार्टी प्रवेश गराउने सोचका साथ अघि बढेको आशंका राजनीतिक वृत्तमा गर्न थालिएको छ।

    images
    images

    प्रकाशित :माघ १२, २०७७ सोमवार - २०:३६:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij