प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेसँगै दुई तिहाई मत पाएको नेकपा फुटेको थियो ।
दुई समूहमा देखिएको नेकपाको विवाद यतिवेला चरम उत्कर्षमा पुगेको छ । दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।
पेरिस डाँडाँमा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको दाहाल-नेपाल समूहका आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि दाहाल-नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।