काठमाडौं -प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन्।
बालुवाटारमा भएको छलफलमा ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं।
विगतमा जस्तो धोका पाउनु हुने छैन।’