• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


प्रचण्डमुक्त देश बनाइने

प्रचण्डमुक्त देश बनाइने

images

प्रभाव न्यूज

१० माघ २०७७
  • 14.5K
    SHARES
  • images
    प्रचण्डमुक्त देश बनाइने
    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै यस पार्टीभीत्रका नेताबीच आरोप प्रत्यारोप लगाउने कार्य भइरहेको छ।

    images

    नेकपा केपी ओली समूह र पुष्पकमल दाहाल (प्रचण्ड) माधव नेपाल समूह रहेको नेकपामा एकले अर्कोलाई खुइल्याउने काम भइरहेको छ।

    शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन्। प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन्।

    गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए। प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ।’

    images

    उनले राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएको तथा एमालेलाई ध्वस्त पारेको भन्दै माधवकुमार नेपालको पनि चर्को आलोचना गरे ।

    images

    प्रचण्ड-माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।

    images
    images

    प्रकाशित :माघ १०, २०७७ शनिवार - १९:१४:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij