• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


खोटाङ बराहपोखरीका विजय तामाङको उपचारमा आर्थिक समस्या

खोटाङ बराहपोखरीका विजय तामाङको उपचारमा आर्थिक समस्या

images

प्रभाव न्यूज

१० माघ २०७७
  • 20.7K
    SHARES
  • images
    खोटाङ बराहपोखरीका विजय तामाङको उपचारमा आर्थिक समस्या
    images
    images
    images

    खोटाङ - भीरबाट लडेर गम्भीर घाईते भएका खोटाङको बराहपोखरी गाउँपालिका-१ बराहपोखरीका १९ वर्षीय विजय तामाङको उपचारमा आर्थिक समस्या भएको छ।

    images

    माघे संक्रान्तीको अवशरमा गत माघ १ गते फुटबल खेलेर घर फर्कनेक्रममा स्थानीय मानेडाँडाको भीरबाट लडेर गम्भीर घाईते भएका विजयको उपचारमा आर्थिक समस्या भएको हो। टाउको लगायत शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेका तामाङको हाल न्यूरो अस्पताल बिराटनगरको आइसियूमा राखेर उपचार भइरहेको छ।

    भीरबाट करिब डेढ सय मिटर तल खसेका तामाङको देब्रे आँखामाथि र थाप्लोमा गहिरो चोट लागेको छ । उनको घाँटीमुनि बायाँ करङ पनि भाँचिएको साईला दाई सुब्बा तामाङले बताए। भीरबाट लडेका विजयको ठूलो चोट बाहेक शरीरका जताततै चोट लागेको छ। उनलाई रातारात गरेर माघ २ गते बिहान अस्पतालमा पु¥याइएको थियो।

    आइसियूमा राखिएका विजयको हालसम्म होस खुलेको छैन। घाईते विजयको घाउमा खाता बसेको र सुन्निएको भाग घट्दै गए पनि होस र बोली नआएको सुब्बाले बताए। लडेर गम्भीर घाईते भएका विजयको जीवन रक्षाका लागि स्थानीय नरेश राईको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन गरिएको छ।

    images

    समितिले शुक्रबार ३२ हजार २१० रुपैयाँ रकम संकलन गरेर बिरामीका दाई सुब्बाको खातामा जम्मा गरिदिएको छ। उपचारका लागि संकलन गरिएको रकम सुब्बाको नाममा लक्ष्मी बैंकमा खोलिएको खाता नम्बर ०२९२६०११९५३ मा जम्मा गरिदिएको आर्थिक संकलन सहयोग समितिले जनाएको छ।

    images

    घाईतेको उपचारकोक्रममा साँढे तीन लाखको हाराहारीमा खर्च भइसकेको दाई सुब्बाले बताए। सहयोग समितिले विजयको उपचारका लागि सहयोग गर्न देशविदेशका सहयोगीलाई आग्रह गरेको छ।

    images
    images

    प्रकाशित :माघ १०, २०७७ शनिवार - ०७:०८:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij