• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


नेकपाका निवर्तमान संसद विशाल भट्टराईको गाउँपालिकामा सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

नेकपाका निवर्तमान संसद विशाल भट्टराईको गाउँपालिकामा सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

images

प्रभाव न्यूज

९ माघ २०७७
  • 56.6K
    SHARES
  • images
    नेकपाका निवर्तमान संसद विशाल भट्टराईको गाउँपालिकामा सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
    images
    images
    images

    खोटाङ- खोटेहाङ गाउँपालिकाको वडा नम्बर–१ लिकुवापोखरी र वडा नम्बर–३ सावाकटहरेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि एक सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । लिकुवापोखरीमा ४५ र सावाकटहरेमा ५५ गरि एक सय जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

    images

    नव प्रवेशीहरुलाई कांग्रेसका महासमिति सदस्य तथा यूवा नेता रविप्रकाश राईले माला र खादा लगाउँदै पार्टीको झण्डा हस्तान्तरण गरेर स्वागत गरेका छन् ।

    कम्युनिस्टहरूले प्रधानमन्त्री र मन्त्री हुने तथा तलबभत्ता खाने तर, भ्रष्टाचारबाहेक अरु कुनै काम नगरेकोले कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुको भनाई छ । तत्कालिन नेकपा एमालेबाट प्रतिनिधि सभा जितेका विशाल भट्टराईले पनि गाउँ–ठाउँको विकासमा चासो नदिएको उनीहरुले बताएका छन् ।

    उनीहरुले आगामी दिनमा सिङ्गो गाउँपालिकामा रहेका अन्य नेता कार्यकर्ता पनि कांग्रेसमा आउने ठोकुवा गरेका छन् । जनताको सुखदुखको पार्टी कांग्रेस भएको र जनतालाई कांग्रेसले धोका नसदिने भएका कारण सवै नेपाली कांग्रेस पार्टीमा गोलबन्द्ध हुनुपर्ने उनीहरुको धारणा छ ।

    images

    उक्त गाउँपालिका तत्कालिन नेकपा एमालेबाट प्रतिनिधि सभा जितेका भट्टराईको स्थाई घर भएको ठाँउ हो ।

    images

    rr.jpg

    images
    images

    प्रकाशित :माघ ९, २०७७ शुक्रवार - १८:४८:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij