• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दिक्तेलमा एक सय वेड क्षमताको कोभिड अस्पताल संचालन

दिक्तेलमा एक सय वेड क्षमताको कोभिड अस्पताल संचालन

images

प्रभाव न्यूज

३ आषाढ २०७८
  • 17.6K
    SHARES
  • images
    दिक्तेलमा एक सय वेड क्षमताको कोभिड अस्पताल संचालन
    images
    images
    images

    असार ३, खोटाङ- खोटाङको सदरमुकाम दिक्तेलमा एक सय वेड क्षमताको कोभिड अस्पताल संचालनमा ल्याइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको समन्वयमा जिल्ला आयुर्वेद अस्पतालको कार्यालयमा कोभिड अस्पताल संचालनमा ल्याइएको हो।

    images

    हाल दश वेड क्षमताको अस्पताल संचालनमा ल्याइएपनि विरामीको चापका आधारमा एक सयसम्म विरामी अटाउन सकिने व्यवस्थापन गरिएको छ। नगरपालिकाले आर्थिकको व्यवस्थापन र अस्पतालले औषधिको व्यवस्था गरेर कोभिड अस्पताल संचालनमा ल्याएको बताइएको छ।

    कोभिड अस्पतालमा अक्सिजन, पल्स अक्सिमिटर, थर्ममिटरलगायत अन्य मेडिकल उपकरणहरु समेत आजैबाट संचालनमा ल्याइएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थ आचार्यले जानकारी दिए।

    अवदेखी कोरोना संक्रमितहरुलाई सोही अस्पतालमा राखिने उनको भनाई छ। अस्पतालमार्फत पिसिआर तथा एन्टीजेन परीक्षणको व्यवस्थापन पनि गरिएको छ। अस्पतालमा २४ से घण्टा डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु तैनाथ अवस्थामा रहने बताइएको छ। उनीहरुका लागि आवासको समेत त्यँही व्यवस्था गरिएको छ।

    images

    यसअघि कोरोना भाइरसको संक्रमण भएका तथा नभएका विरामीहरु हुलमुलमा जिल्ला अस्पतालमा उपचार गर्न आउने र त्यसले थप जटिलता सृजना भएको थियो। जिल्ला अस्पतालमा अव अन्य विरामीको मात्र उपचार र कोरोना संक्रमितहरुको कोभिड अस्तालमा नै उपचार गर्ने गरि वातावरण मिलाइएको अस्पतालका डाक्टर बैभव मल्लिकले जानकारी दिए।

    images

    अस्पतालमा भौतिक पूर्वाधारको कमी रहेका कारण सबैखाले विरामीलाई एकै ठाँउमा उपचार गर्नुपर्ने बाध्यता हल भएको उनको भनाई छ। कोरोना भाइरस (कोभिड –१९) ले आक्रान्त बनाइरहेका बेला नगरपालिकाले कोरोना संक्रमणबाट अस्पतालनै भर्ना हुनुपर्ने अवस्थाका विरामीहरुलाई सबै प्रकारका उपकरण र डाक्टरहरुको व्यवस्था गरेर सहजता प्रदान गरेको हो।

    कोभिडसँग सम्बन्धित सबैखाले काम कोभिड अस्पतालले गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले जानकारी दिए। रिजालले भने, ‘यो अस्पतालमा सकेसम्म कोभिडका विरामी राख्न नपरोस् कामना गर्दछु, यदि विरामी भएर आइहालेको खण्डमा छिटो निको बनाएर घर फर्काउने हाम्रो उद्धेश्य हो।’

    अक्सिजनको पर्याप्त व्यवस्थापन सहित कोभिड अस्पतालमा हुनुपर्ने आधारभुत सबै कुराको व्यवस्थापन गरिएको उनले बताए। जिल्लाका लागि आउने भनिएको भेन्टिलेटर पनि सोही अस्पतालमा राखिने उनको भनाई छ।

    आयुर्वेद अस्पतालको कार्यालयमा संचालनमा ल्याइएको कोभिड अस्पताल निरीक्षण तथा अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख ववी चाम्लीङ, नगर प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पतालका डाक्टरहरुलगायत पुगेका थिए।

    images
    images

    प्रकाशित :आषाढ ३, २०७८ बिहिवार - २१:३२:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij