• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

images

प्रभाव न्यूज

११ जेठ २०७८
  • 23.8K
    SHARES
  • images
    स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण
    images
    images
    images

    खोटाङ -  कोभिड- १९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय खोटाङमा नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत ९ लाख ७ हजार ६६० रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर, भिटिएम, एन्टीजेन किट, पिपिइ गाउन लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा आइपुगेको हो।

    images

    मन्त्रालयबाट २ लाख २६ हजार ९६९ रुपैयाँ बराबरको ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर र ४ हजार थान सर्जिकल मास्क ल्याइएको छ।

    यस्तै, स्वास्थ्य कार्यालयमा ४ लाख ९३ हजार ७५२ रुपैयाँ मूल्याको १ हजार सेट एन्टीजेट किट, १ लाख ६९ हजार ७६३ मूल्याको ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र १७ हजार १७६ मूल्या पर्ने २ सय पिस भिटिएम आइपुगेको छ। गत बैसाख ३० गते काठमाण्डौंबाट ३ लाख ९९ हजार ८३३ मूल्यको स्वास्थ्य सामग्री लिएर आएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुःन ल्याएको स्वास्थ्य सामग्री मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन्।

    स्वास्थ्य कार्यालयको माग र प्रतिनिधिसभा सदस्य भट्टराईको पहलमा कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने थप स्वास्थ्य सामग्री आएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

    images

    एमालेका पुर्व प्रमुख सचेतक रहेका प्रतिनिधिसभा सदस्य भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, एमाले नेता कुमार आचार्य, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

    images

    images
    images

    प्रकाशित :जेठ ११, २०७८ मंगलवार - १७:२०:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij