शनिबार, अशोज ४, २०७६
Prabhav News

आफ्नै भाई र भाईका ससुरा मिलेर दाईलाई गरे खुकुरी प्रहार, भाई पक्राउ ससुरा फरार



आफ्नै भाई र भाईका ससुरा मिलेर दाईलाई गरे खुकुरी प्रहार, भाई पक्राउ ससुरा फरार सांकेतिक तस्विर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानीका २५ वर्षीय अष्ट बहादुर राईमाथी खुकुरी प्रहार भएको हो ।

शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित राई र वालजितका ससुरा ५२ वर्षीय तुले राईले दुबै हात र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए ।

खुकुरी प्रहारबाट अष्ट बहादुरको दुबै हातमा गहिरो चोट लागेको छ । घाईतेलाई उपचारका लागि काठमाण्डौ पठाईएको छ ।

खुकुरी प्रहार गर्ने भाई वालजित पक्राउ परेका छन् भने घट्नामा संलग्न अर्का ससुरा तुले भने फरार रहेका छन् । खुकुरी प्रहारको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology