शनिबार, अशोज ४, २०७६
Prabhav News

बिशेषज्ञहरुको उपस्थितिमा दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने



बिशेषज्ञहरुको उपस्थितिमा दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ-दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिशेषज्ञ चिकित्सक झिकाएर सदरमुकाम दिक्तेल र आसपासमा स्वास्थ्य समस्या झेलिरहेका स्थानीयलाई सुविधा दिनका निम्ति एकदिने स्वास्थ्य शिविर हुने भएको हो ।

खोटाङ हलेसि सामुदायिक अस्पताल, दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकाकोे संयुक्त साझेदारी, गाईघाट सिभिल अस्पताल तथा ट्रमा सेन्टरका विषेशज्ञ र प्राबिधिक सहयोगमा चैत्र १९ गते हलेसी सामुदायिक अस्पताल दिक्तेलमा हुने शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग, ढाड कम्मर दुख्ने, महिनावारी गढबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने यौन रोग सम्बन्धीका समस्या र पाठेघरको क्यान्सर लागे÷नलागेकोे तथा थाईराईडका लक्षणहरु चेकजाँच गरिने खोटाङ हलेसी सामुदायिक अस्पतालका कार्यकारी निर्देशक अर्जुन चौलागाँईले बताए ।

शिविरमा एमएस अर्थोपेडीक डा. सञ्जय कुमार साह, एमडी गाईनोकोलोजिस्ट डा. अजिज र वीर अस्पताल काठमाडौंका एमडी इन्टरनल मेडीसिन डा. अशोक तिवारीबाट स्वास्थ्य चेकजाँच हुनेछ ।

डा.साहबाट हाडजोर्नी, नशा तथा बाथरोग, हातखुट्टा झमझमाउने, गल्ने, ढाड कम्मर दुख्ने, डा. अजिजबाट महिनावारी गढबडी, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने समस्या र डा. तिवारीबाट टाउको दुख्ने, रुघाखोकी, दम फुल्ने, खोकी लाग्ने, छाती दुख्ने, पेट पोल्ने, दिसा पिसाबको उपचार सेवा तथा प्रेसर सुगर र थाईराईड सम्बन्धी उपचार तथा परामर्श सेवा दिईने कार्यकारी निर्देशक चौलागाँई बताए ।

प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology