बुधबार, अशोज १, २०७६
Prabhav News

खोटाङमा भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम

  • खेलकुद
  • प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५


खोटाङमा भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम

प्रभाव न्यूज डटकम / खोटाङ – तेक्वान्दोको १ नम्बर प्रदेश स्तरीय छनौट प्रतियोगितामा सुनसरी प्रथम भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङमा आयोजित तेक्वान्दोको प्रदेश स्तरीय छनौट प्रतियोगितामा १० स्वर्ण र ५ कास्यसहित सुनसरीले प्रथम स्थान प्राप्त गरेको हो । मंगलबारदेखि शुक्रबारसम्म माटिकोरे खेलमैदानमा सञ्चालित प्रतियाेिगतामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै मोरङ दोश्रो र ३ स्वर्ण र एक कास्य सहित उदयपुरले तेश्रो स्थान प्राप्त गरेको छ ।

सुनसरीका लागि ग्यारोगीतर्फ ७३ केजीमाथिका समुहमा पूजा राई, ८७ केजी तलको समुहमा अनिश श्रेष्ठ र ८७ केजीमाथिका समुहमा पदमबहादुर तामाङले स्वर्ण पदक दिलाएका छन् । पुम्सेतर्फ पनि सबै स्वर्ण पदक सुनसरीले हात पारेको छ । पुरुष एकल पुम्सेमा सुनसरीका अर्जुन सुनुवार, महिला एकल पुम्सेमा सिना मादेन, जोडी पुम्सेमा अर्जुन सुनुवार र सिना मादेनको जोडीले स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले बताउनुभयो ।

यस्तै, ग्यारोगीमा मोरङका लागि ४६ केजी तल अर्चना राजवंशी, ८० केजी तल इश्वर बासकोटा र ६८ केजी तल आकाश उप्रेतीले स्वर्ण पदक जितेका छन् । उदयपुरका लागि ग्यारोगीतर्फ ६३ केजी तल इन्दिरा बस्नेत, ७३ केजी तल लक्ष्मी सुनुवार र ५३ केजी तल सन्ध्या सिंले स्वर्ण पदक जिताएकी छन् ।

प्रतियोगीतामा ४६ केजी तल भोजपुरकी सुस्मिता राई, ४९ केजी तल झापाकी अन्जु श्रेष्ठ, ६७ केजी तल ओखलढुंगाकी अनिका राजभण्डारी, ५४ केजी तल झापाका अरुण डाँगी, ५८ केजी तल खोटाङका मोहन राई र ६३ केजी तल ईलामका मिलनकुमार शेर्माले स्वर्ण पदक जितेका पुर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology