बुधबार, अशोज १, २०७६
Prabhav News

तुलसी आचार्य पार्कको शिलान्यास



तुलसी आचार्य पार्कको शिलान्यास

खोटाङ –दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ स्थित ऐरी गाउँमा तुलसी आचार्य पार्क (चौक)को शिलान्यास गरिएको छ । मोटरसाईकल दुर्घटनामा ०६६ जेठ ३० गते ज्यान गुमाएका युवा व्यवसायी आचार्यको सम्झनामा दाजु तेजप्रसाद आचार्यले उक्त पार्क निर्माण गर्ने भएसँगै बुधबार नगरपालिकाका मेयर दिपनारायण रिजालले शिलान्यास गरेका छन् ।

करीव २० लाख रुपैयाको लगानीमा निर्माण गर्न लागिएको पार्कमा मृतकको शालिक, शिलालेख, खानेपानी, बिजुली बक्ति, फूल बगैचा, प्रतिक्षालय निर्माण गर्ने योजना बनाईएको छ । २०३८ जेठ ३२ गते बुवा मोहन प्रसाद आचार्य र माता रेणुका आचार्यको कोखबाट जन्मिएका आचार्य विभिन्न व्यापारीक संघसंस्थामा आवद्ध रहेका थिए । उनले नेपाली कथानक चलचित्र त्रिदेवमा समेत नायकको भूमिकामा उपस्थित हुनुका साथै विभिन्न टेलिचलचित्रमा अभिनय गरेका थिए ।

मृतक आचार्यको सम्झनामा पार्क निर्माण गरिएपश्चात तुलसी प्रसाद आचार्य स्मृति प्रतिष्ठान स्थापना गरी सामाजिक कार्यमा सहयोग पु¥याईने दाजु तेजप्रसाद आचार्यले बताए । शिलान्यास कार्यक्रममा नगरप्रमुख दिपनारायण रिजाल, नेकपाका नेता कुमार प्रसाद आचार्य, नेपाली काँग्रेसका दुर्गाप्रसाद घिमिरे, उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरु, समाजसेवी, स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र ६, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology