शुक्रबार, अशोज ३, २०७६
Prabhav News

निर्मला हत्या प्रकरण : तत्कालीन एसपी बिष्ट अदालत उपस्थित



निर्मला हत्या प्रकरण : तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

कञ्चनपुर — निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् ।उनी मंगलबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनकाे बयान लिने तयारी भइरहेकाे छ। बिष्टसँगै पक्राउ पुर्जी जारी गरिएका तत्कालीन डीएसपी अगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन्।

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी विष्ट र डीएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटिसकेका छन् ।  

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियाे।

प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology