शुक्रबार, अशोज ३, २०७६
Prabhav News

प्रेमिकाको हत्या गर्ने नेकपा नेता गुरुङलाई कर्तब्य ज्यान मुद्धा

  • प्रदेश १
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५


प्रेमिकाको हत्या गर्ने नेकपा नेता गुरुङलाई कर्तब्य ज्यान मुद्धा

बेलबारी -महिला बेपत्ता पारेको अभियोगमा जिल्ला प्रहरी कार्यलय मोरङको हिरासतमा रहेका नेकपाका नेता बेलबारी ४ का योगेन्द्र गुरुङलाई ज्यान मुद्धा समेत दर्ता गरिएको छ ।
बेलबारी ४ की २६ बर्षिया रमिला राईलाई बेपत्ता पारेको अभियोगमा ईलामबाट २ साताअघि पक्राउ परेका गुरुङलाई मंगलबार कर्तब्य ज्यान मुद्धा दर्ता भएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले बताएका छन । फागुन १७ गते बेलुका गुरुङ सँगै घरबाट निस्किएकी रमिला सोही दिनदेखि बेपत्ता भएकी थिईन । उनी बेपत्ता भएपछि परिवारले खोजी गर्ने क्रममा गुरुङ समेत फरार भएपछि उनलाई बेलबारी प्रहरीले सुराकीका आधारमा नियन्त्रणमा लिईएको थियो ।
उनले रमिला आफनो प्रेमिका भएको र सामान्य बिवादका क्रममा उनको नाक र मुख थुनी हत्या गरी सोही रात कोशीमा लगेर फालेको बयान दिएका थिए । उनको बयानका आधारमा एक सातादेखि रमिलाको शव खोजी कार्य गरिरहेपनि अहिले सम्म नभेटिएको प्रहरी निरिक्षक राईले बताएका छन ।

प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology