शुक्रबार, अशोज ३, २०७६
Prabhav News

पानीमा डुबेर नावालिकाको ज्यान गयो



पानीमा डुबेर नावालिकाको ज्यान गयो

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खाल्डोमा जमेको पानीमा डुबेर खोटाङमा नावालिकाको मृत्यु भएको छ । महुरे–फोक्सिङटार सडक खण्डको किनारमा खाल्डो खनेर जमाइएको पानीमा डुबेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाकी २३ महिनाकी बालिका तुलसा बिश्वकर्माको मृत्यु भएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए ।

सडकको कल्भर्ट बनाउनेक्रममा आवश्यक पानी जम्मा गर्नका लागि ठेकेदारले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको हो । खेल्नेक्रममा शनिबार पानी जमेको खाल्डोमा डुबेका बालिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology