शनिबार, अशोज ४, २०७६
Prabhav News

निर्मलीडाँडामा संघीय समाजबादी फोरमको वडा समिति



निर्मलीडाँडामा संघीय समाजबादी फोरमको  वडा समिति

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा संघीय समाजबादी फोरमको वडा समिति गठन गरिएको छ । डिल्लीसेर राईको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरिएको हो ।

वडा समितिको उपाध्यक्षमा रामभक्त राई, सचिवमा बुद्धि राई, सह-सचिवमा सम्झना राई र कोषाध्यक्षमा मेलिना राई चयन भएको संघीय समाजवादी फोरमले जनाएको छ । शनिबार हुने दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको अधिबेसनलाई लक्ष्यीत गरेर वडा समिति गठन गरिएको हो ।

डिल्लीसेर राई, रामभक्त राई, नगेन्द्र राई, जसु राई, रविन राई, एलिसा राई र मिलन राई नगर अधिबेसन प्रतिनिधि चयन भएका छन् ।

संघीय समाजबादी फोरमका प्रदेश सदस्य एबं खोटाङ २ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज धनकुमार राई, संघीय शिक्षक फोरमका नगर अध्यक्ष महेन्द्र राईको उपस्थितिमा वडा समिति गठन गरिएको हो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology