बुधबार, अशोज १, २०७६
Prabhav News

आयात रोक्न सक्ने गरी कानुन बन्दै

  • अर्थ
  • प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५


आयात रोक्न सक्ने गरी कानुन बन्दै

काठमाडौं- उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको छ ।

सरकारले तयार पारेको सेफगार्डस्, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रोक लगाउन सक्ने प्रावधान समेटिएको छ ।

विश्वका धेरै मुलुकले आफ्ना उत्पादन संरक्षण गर्न यस्तो कानुन बनाएर लागू गरेका छन् । नेपालले भने पहिलो पटक यस्तो कानुन बनाउन लागेको हो । –नागरिक दैनिकबाट

प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology