शनिबार, अशोज ४, २०७६
Prabhav News

सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद ३ महिना थप



सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद ३ महिना थप

काठमाडौँ – सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महीना थपिएको छ । सङ्घीय संसद्का दुवै सदनबाट नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि समितिलाई कम्पनीमा जाने अवधि थपिएको हो ।

कम्पनी ऐन, २०६३ को दफा ९ मा संशोधन भएपछि तीन महीना थप भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १९ गते विधेयक प्रमाणीकरण गर्नुभएको थियो ।

प्रमाणीकरण गरेको तीन महीना अर्थात् जेठ १९ गतेसम्म समितिका सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने जनाइएको छ । यसअघि दुई पटकसम्म कम्पनीनमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने म्याद थप भइसकेको छ ।

गत वर्ष चैत १८ गते विभागले नयाँ मापदण्ड ल्याई असार मसान्तसम्म समितिका सवारी कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । मापदण्डले नै सामाजिक संस्थाका रूपमा नयाँ समिति दर्ता नगर्ने र दर्ता भइसकेकालाई साउनपछि नवीकरण नगर्ने व्यवस्था भएको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology