बुधबार, अशोज १, २०७६
Prabhav News

सरकारलाई अधर्मी केपी-बादल कम्पनीको संज्ञा



सरकारलाई अधर्मी केपी-बादल कम्पनीको संज्ञा

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । पार्टीका महासचिव विप्लवले बुधबार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् ।

विप्लवले एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको ‘प्रतिगामी संविधान’ अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि २०७२ सालदेखि नै अघोषित प्रतिबन्ध लागिसकेको उल्ललेख गरेका छन् ।

‘चुनाव वहिष्कारका क्रममा हाम्रा तीनजना साथीहरुको हत्या राज्यबाट भयो । हालै कपिलवस्तुको शिवगढी अञ्चलापुरका युवा दुर्गा रोकालाई जंगलमा लगेर गोली हानिएको छ’, विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘रोल्पासहितका जिल्लामा प्रहरी अपरेशन चलाइरहेका बेला प्रतिबन्धको घोषणा गरिनु हाम्रा लागि कुनै ठुलो र नौलो कुरा होइन ।’

प्रतिबन्धलाई नौलो नभनेका विप्लवले प्रचण्डलाई नजोडी अहिलेको सरकारलाई केपी–बादल कम्पनीको संज्ञा दिएका छन् । उनले केपी–बादल कम्पनीले दमन गरेमा त्यसको कडा प्रतिरोध गर्न आफुहरु तयारी अवस्थामा रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology