शनिबार, अशोज ४, २०७६
Prabhav News

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छैटौं बर्थिङ सेन्टर सुचारु



दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छैटौं बर्थिङ सेन्टर सुचारु

प्रभाव न्यूज – दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छैटौं वर्थिङ सेन्टर सुचारु भएको छ । छितापोखरीस्थित सञ्चालनमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बुधबारदेखी वर्थिङ सेन्टर सुचारु भएको हो ।
गाउँपालिकाको दुई लाख ५० हजार बजेटमा आवश्यक उपकरण र औषधीहरुको व्यवस्थापन गरिएपछि वर्थिङ सेन्टर सञ्चालनमा आएको आइटी अफिसर मणिचन्द्र राईले जनाए । वर्थिङ सेन्टरको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका हुन् ।
वर्थिङ सेन्टर सुचारु पश्चात प्रसुती गराउन तथा नवजात शिशुको हेरचाहमा सहयोग पुग्नेछ । सात वडा रहेको सो गाउँपालिकामा बतासेमा भदौ महिनामै वर्थिङ सेन्टर सुचारु गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology