शुक्रबार, अशोज ३, २०७६
Prabhav News

नक्कली प्रहरीको भेषमा युवती अपहरण गर्ने तीनजना पक्राउ

  • समाचार
  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६


नक्कली प्रहरीको भेषमा युवती अपहरण गर्ने तीनजना पक्राउ

धनगढी – नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गरेको आरोपमा तीनजनालाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको छ।

युवतीको अपहरण गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्वर–१६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ वर्षीय सन्दीप रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भदौ २१ गते राति १२ बजे धनगढीको जाखोर ताल नजिकै बस्ने १६ वर्षीय एक युवतीलाई उनीहरुले आफूहरु प्रहरी भएको भन्दै घरबाट पक्राउको शैलीमा अपरहण गरेको प्रहरीको भनाई छ। एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै तीनै जनाले युवतीलाई अपहरण गरेका बुझिएको छ। गएराति प्रहरीले उनीहरुलाई धनगढीकै वडा नम्वर १६ बाट पक्राउ गरी युवतीको उद्धार गरेको छ।

१६ वर्षीय युवतीको स्वास्थ्य परिक्षण गरी आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीन जना विरुद्ध अपहरण, शरीर बन्धक र जबरजस्ती करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology