शुक्रबार, अशोज ३, २०७६
Prabhav News

यूवा नेता घिमिरेले गरीब विधार्थीलाई पोशाक र कलम वितरण गरेर मनाए आफ्नो जन्मोत्सव



यूवा नेता घिमिरेले गरीब विधार्थीलाई पोशाक र कलम वितरण गरेर मनाए आफ्नो जन्मोत्सव जन्मदिनमा विधार्थीलाई पोशाक वितरण गर्दै जगदम्बा माविका विव्यास अध्यक्ष ओम प्रकाश घिमिरे ।

प्रभाव न्यूज- पछिल्लो पुस्तामा सामान्यतय सवैले नातेदार, साथीभाई भेला पारेर जन्मदिन मनाउछन् । रमाउने, खाने गर्छन् । तर, जिल्लाका एक युवाले आफ्नो जन्मदिनमा गरिब विधार्थीलाई पोशाक र अन्य विधार्थीलाई कलम वितरण गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित जगदम्बा माध्यमिक विधालयका विधालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश घिमिरेले भने, आफ्नो २७ औं जन्मदिनमा गरीब चार विधार्थीलाई पोशाक र दुई सय विधार्थीलाई कलम वितरण गरे । विधालय परिवारसँग मंगलबार जन्मदिन मनाउदै घिमिरेले पोशाक र कलम वितरण गरेका हुन् ।

जिल्लाको हकमा कान्छो विव्यास अध्यक्ष बनेका उनले शिक्षा क्षेत्रलाई मजबुत बनाउन सवै जागरुक हुनुपर्ने बताए । साहित्यकार, अधिबक्ता समेत रहेका उनी २०७४ माघबाट सो विधालयका विव्यास अध्यक्ष बनेका हुन् । बुईपामा सात आधारभूत र दुई मावि छन् ।

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology