शनिबार, अशोज ४, २०७६
Prabhav News

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गर्‍यो शिक्षा क्षेत्रका दर्जन व्यक्तिलाई सम्मान र पुरस्कृत



दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गर्‍यो शिक्षा क्षेत्रका दर्जन व्यक्तिलाई सम्मान र पुरस्कृत

प्रभाव न्यूज – शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दर्जन व्यक्तिलाई सम्मान र पुरस्कृत गरेको छ । ४० औं शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विधालय व्यवस्थापन अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विधार्थीलाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।

आईतबार र सोमबार गाउँपालिकामा भएको कार्यक्रममा पालिकाभरीका उत्कृष्ट विव्यास अध्यक्षमा शान्ति माध्यमिक विधालय टेम्माका धनुका राईलाई २० हजार, मावितर्फ धिप्लुङ मावि सेम्माका प्रअ नरेन्द्र राई र आधारभूत विधालतर्फ पञ्चकौशिका भण्डारेघाटका प्रअ पदम कुमार बस्नेतलाई जनही २६ हजार ६ सय ६७ रुपैयाँ, उत्कृष्ट शिक्षकतर्फ सरस्वती मावि डाँडाखर्कका रघुनाथ चौधरी र महेन्द्रोदय मावि ओख्रेका सरीता राईलाई जनही २४ हजार र धिप्लुङ मावि सेम्माका नरेन्द्र निर्विकारलाई २६ हजार ६ सय ६७ रुपैयाँद्धारा साहित्य पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, २०७५ सालको एसईई परिक्षामा पालिकाभरीमा उत्कृष्ठ अंक ल्याउने सरस्वती मावि डाँडाखर्कका रमेश थापालाई २४ हजार, महेन्द्रोदय मावि ओख्रेका जानुका विष्टलाई २० हजार र सोही विधालयका दिपेन कटुवाल र जीवन विष्टलाई जनही १६ हजार नगद पुरस्कार दिइएको छ । दिवसकै अवसरमा सरस्वती मावि डाँडाँखर्कका पस्मिन लामालाई १६ हजार, पञ्चकौशिका मावि भण्डारेघाटका जूना भुजेललाई १३ हजार ३३३, सोही विधालयका सुजन राईलाई ६ हजार ६६७ र महेन्द्रोदय मावि ओख्रेका जोनीसा थापालाई १० हजार ६६७ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

सगीधन राई अक्षयकोषले पनि एसईईमा उत्कृष्ट अंक ल्याउने सरस्वती मावि डाँडाखर्कका रमेश थापा, दलित जनजातिबाट उत्कृष्ट अंक ल्याउने सोही विधालयका छात्रा समिक्षा राईलाई जनही ८ हजार र शान्ति मावि टेम्माका निशन राईलाई ५ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरेका छन् ।

यसैगरी पोखरी भित्र बाहिर, हिसाब दौड, निवन्ध प्रतियोगिता, हाजिरी जवाफ, वक्तृत्वकला खेलकुदमा प्रथम दितीय र तृतिय विधार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, शिक्षक लगायतले प्रदान गरेका थिए । शिक्षा क्षेत्रमा परिवर्तन गर्दै प्रगतीपथमा पुगेकालाई प्रोत्साहन र अन्यलाई सिकोका लागि सम्मान तथा पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

यस्तै, शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा केपिलासगढी गाउँपालिकाले पाँच जना शिक्षकलाई सम्मान गरेको छ । गाउँपालिकाले सुर्य मावि सुङदेलका सरोज थापा, पत्करु आधारभूत फेदीका देश कुमार राई, तोमाने आधारभूत फेदीका धनिक राई, युवा ज्योती प्रावि दिप्सुङका राश बहादुर राई र राष्ट्रिय माविका मन प्रसाद राईलाई जनही ५/५ नगद र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, हाजिरी जवाफमा सनसाईन इङ्लिस बोर्डिङ प्रथम, पृथ्वी मावि दितिय र थर्पुडाँडा मावि तृतीय भएका थिए । शिक्षक तथा हाजिरी जवाफ प्रतियोगिताका विजयी समुहलाई गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा अवस्थित जालपा मावि नुनथलाले शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा बिद्यालय र अभिभावकबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरेको छ ।

विधार्थीका लागि रिले दौड, हिसाब दौड, चक्लेट दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, सटपुट, सदन स्तरीय भलिबल प्रतियोगिता, अक्षर चिनारी, अनुलेखन प्रतियोगिता र अन्तर प्रावि हाजिरी जवाफ प्रतियोगिता गरेको छ । हाजिरी जवाफमा कालिका निमावि कुभिण्डे पहिलो, जालपा माबि नुनथला दोस्रो र पञ्चकन्या प्राबि तेस्रो भएका थिए । खेलकुदमा विजयी विधार्थीलाई वडाध्यक्ष भिम राई र शिक्षकहरुले पुरस्कार प्रदान गरे । विधालयले शिक्षक डिल्लीराम राई र शिक्षिका चन्द्रकला भुजेललाई बिदाई पनि गरेको छ ।

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology