शुक्रबार, अशोज ३, २०७६
Prabhav News

डण्डिफोरदेखी हैरान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने, अपनाउँनुहोस यी घरेलु उपाय



डण्डिफोरदेखी हैरान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने, अपनाउँनुहोस यी घरेलु उपाय

छालाले नै शरीरलाई बाहिरी आक्रमणबाट बचाउने गर्दछ । तर यहि छालाको सही स्याहार भएन भने यसले मानिसको सुन्दरतालाई समेत असर पार्दछ ।
अझ गर्मीयाममा अनुहारमा आउने डण्डिफोर र राता दागको समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । त्यसैले गर्मियाममा हुने अनुहारको समस्यालाई समयमा उपचार गरिनु आवश्यक हुन्छ । गर्मी मौसमा अनुहारमा डण्डीफोर, राता दागको सजिला घरेलु उपायबाटै नियन्त्रण गर्न सकिन्छ ।

यस्तो छ उपायहरु 

अनुहारमा आउने डण्डिफोर र रातो दागका लागि रातभरी भिजाएको चामलको पिठो बनाई त्यसमा सुन्तलाको बोक्राको धुलो मिसाएर पेस्ट बनाइ लगाएमा यसले धेरै हदसम्म राहत दिन्छ ।

यसरी लगाइने पेष्टलाई अनुहारमा लगाई करीब आधा घण्टा पछाडि धुनु पर्दछ । यसो गर्नाले अनुहारको डण्डिफोर र रातो दाग हटेर जानेछ ।

यसबाहेक गुलाफको पातलाई लेदो हुने गरी पिसेर त्यसमा कागतीको रस मिलाएर समेत लगाउन सकिन्छ । यदि कागति संभव नभएमा टमटरको रस निकालेर गुलाफको पातको लेदामा मिसाएर करीब १५ मिनेट अनुहारमा राखेर धुन सकिन्छ ।

अनुहार धोएपछि कलिलो निमको पातलाई पिसेर लेदो बनाई १० मिनेट अनुहारमा राखि धुनु पर्दछ । यसो गर्नाले केहि दिनमा नै अनुहारको डण्डिफोर हटेर जानेछ । यसले अनुहारमा समेत चमक ल्याउने गर्दछ ।

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology