शुक्रबार, अशोज ३, २०७६
Prabhav News

श्रीमानको खुकुरी प्रहारबाट श्रीमति ज्यान गयो



श्रीमानको खुकुरी प्रहारबाट श्रीमति ज्यान गयो सांकेतिक तस्विर

प्रभाव न्यूज- खोेटाङमा श्रीमानको खुकुरी प्रहारले श्रीमतिको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्माका सिताराम राईले ३० बर्षीय श्रीमति देविका राईलाई टाउकोमा खुकुरी प्रहार गर्दा ज्यान गएको हो ।

राईले बिहिवार साँझ श्रीमतिलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।

श्रीमतिको हत्या गरेका राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनको भनाई छ । हत्याको कारण भने खुलेको छैन् । मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology