शनिबार, अशोज ४, २०७६
Prabhav News

विरामीलाई फलफूल वितरण गर्दै नेपाल निजामति कर्मचारी युनियन संघले मनायो स्थापना दिवस



विरामीलाई फलफूल वितरण गर्दै नेपाल निजामति कर्मचारी युनियन संघले मनायो स्थापना दिवस

प्रभाव न्यूज, खोटाङ- नेपाल निजामति कर्मचारी युनियन संघको स्थापना तथा निजामति सेवा दिवसको अवसरमा जिल्ला अस्पताल दिक्तेलका विरामीलाई फलफूल वितरण गरेको छ । संघले आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालमा रहेका १३ जना बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।

युनियन संघका कार्यवाहक अध्यक्ष भगत आचार्यको नेतृत्वमा कर्मचारीहरुको टोलीले शुक्रवार विहान अस्पतालमा पुगेर विरामीहरुलाई फलफूल वितरण गरेका हुन ।

फलफूल वितरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, नेपाल निजामति कर्मचारी युनियन संघका सचिव प्रकाश घिमिरे, जिल्ला अस्पताल खोटाङका प्रमुख नविन देवकोटा, डा.शैलेस श्रेष्ठ, स्वास्थ्य कार्यालय प्रमुख विश्वनाथप्रसाद यादव, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई, प्रेस युनियनका पूर्व अध्यक्ष दिलीप खत्री, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खोटाङका उपाध्यक्ष अनिल आचार्य, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खोटाङकी सदस्य इरन राई लगायतका युनियन संवद्ध कर्मचारीहको सहभागीता रहेको थियो ।

फलफूल वितरणपछि युनियनको कार्यालयमा शुभकामना आदान -प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । शुभकामना आदान -प्रदान कार्यक्रममा युनियनले आगामी दिनमा अझ बढी शशक्त भएर काम गर्नका लागि बक्ताहरुले शुभकामना दिएका थिए । नेपाल निजामति कर्मचारी युनियन संघको जिल्ला कार्य समितिले जिल्ला सदस्यमा मनोनित गरेका नवराज रिजाल र सरस्वति थापालाई कार्यक्रममा खादा ओडाएर सम्मान गरिएको छ ।

फोटोहरु हेर्नुहोस्

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology