शनिबार, अशोज ४, २०७६
Prabhav News

दिक्तेल बजारमा निर्मम तरिकाले कुकुर कुटेर मारिएपछि मेयरसहित तीन जनाविरुद्ध जाहेरी



दिक्तेल बजारमा निर्मम तरिकाले कुकुर कुटेर मारिएपछि मेयरसहित तीन जनाविरुद्ध जाहेरी

खोटाङ – खोटाङमा भुस्याहा कुकुरलाई निर्ममतापुर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुस्याहा कुकुर नियन्त्रणका क्रममा निर्ममतापुर्वक चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै मेयर दिपनारायण रिजाल, कुकुर नियन्त्रणका क्रममा खटिएका दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भइ हाल मेयर रिजालको घरमा बस्दै आएका श्रेष्ठ थरका एक जना कामदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुुरी परेको हो ।

घर पालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्दयी व्यवहार गर्नुका साथै निर्ममतापुर्वक मारेको भन्दै मंगलबार खोटाङकै जन्तेढुंगा गाउँपालिकाका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ, नेपाल भेटेनरी एसोसिएसनका डा. सिताराम यादवले उजुरी दिएका हुन्

चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुण्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुरलाई मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षी सम्वन्धी कसुर बमोजिम अपराध भएकाले सो अनुुसार कानूनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ ।
गत शनिबार बिहान दिक्तेलको त्रिबेणीचोकमा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology