शनिबार, अशोज ४, २०७६
Prabhav News

पौडी खेल्दा डुबेर मृत्यु



पौडी खेल्दा डुबेर मृत्यु

प्रभाव न्यूज – पौडी खेल्ने क्रममा सोलुखोलामा डुबेर एक युवकको मृत्यु भएको छ। पौडी खेल्न गएका सोलुदुधकुण्ड नगरपालिका–११ का जसबहादुर राईको मृत्यु भएको हो।

शुक्रबार थुलुङ दुधकोशी गाउँपालिका–१ साँघुटारमा पर्ने नदीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। प्रहरी निरीक्षक कार्कीका अनुसार करिब ३५ वर्षका राई शव पोष्टमाटमको लागि जिल्ला अस्पताल फाप्लु राखिएको छ।

प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology