शुक्रबार, अशोज ३, २०७६
Prabhav News

बलात्कार आरोपमा वडा सचिवसहित दुई जनाविरुद्ध मुद्दा दर्ता

  • प्रदेश १
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


बलात्कार आरोपमा वडा सचिवसहित  दुई जनाविरुद्ध मुद्दा दर्ता सांकेतिक तस्विर

प्रभाव न्यूज – प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयो ।

त्यस्तै सुनकोशी गाउँपालिका–७, का वडा सचिवसमेत रहेका ४५ वर्षीय चेतबहादुर कट्वाल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १ गते २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology