शनिबार, अशोज ४, २०७६
Prabhav News

मन्दिरमा भएकाे भागदौडमा ६ जनाकाे मृत्यु



मन्दिरमा भएकाे भागदौडमा ६ जनाकाे मृत्यु

एजेन्सी– भारतकाे पश्चिम बंगाल राज्यको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ भने कम्तिमा २५ जना घाइते भएका छन्।

पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लाको कचुवास्थिति लोकनाथधाममा भागदौड भएकाे हाे।

भारतीय सञ्चार माध्यमका अनुसार लोकनाथधाम मन्दिरमा शुक्रबार बिहान करिब तीन बजेतिर श्रीकृष्ण जन्माष्टमीका अवसरमा भक्तजनहरुको भिड जम्मा भएको थियो।

सोहीक्रममा वर्षा हुन थालेकाे थियाे। त्यसपछि मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किँदा भागदौड मच्चिएको हाे।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र गम्भिर घाइते भएकाहरुलाई जनही एक लाख र सामान्य घाइतेहरुलाई पचास हजार रुपैयाँ राहत दिने घोषणा गरेकी छन्।

घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। मुख्यमन्त्री ममता बजर्नीले शुक्रबार विहान अस्पताल पुगेर घाइतेहरुलाई भेटेकी छन्।

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology