शनिबार, अशोज ४, २०७६
Prabhav News

आगलागी पीडित परिवारलाई गाउँपालिकाको सहयोग

  • अर्थ
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


आगलागी पीडित परिवारलाई गाउँपालिकाको सहयोग

प्रभाव न्यूज –  खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पीडित एक परिवारलाई राहत प्रदान गरेको छ । गाउँपालिकाको ज्यामिरेका रमेश कुमार तिम्सिनाको परिवारलाई गाउँपालिकाले नगद तथा भाडावर्तन प्रदान गरेका हुन् ।

साउन ३२ गते राती करीव दुई बजे एक्कासी आगलागिबाट घर जलेर बिजोग बनेका कृष्णमाया तिम्सिनालाई शुक्रबार गाउँपालिकामा बोलाएर २० हजार नगद र मानिसलाई नभइ नहुने भाडावर्तन, कम्बल लगायत १३ थरीका विभिन्न सामग्रीहरु प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology