शुक्रबार, अशोज ३, २०७६
Prabhav News

अफगानिस्तानलाई पराजित गर्दै नेपालको सान्त्वना जित

  • खेलकुद
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


अफगानिस्तानलाई पराजित गर्दै नेपालको सान्त्वना जित

प्रभाव न्यूज,पाँचौँ र छैठौं स्थानका लागि भएको खेलमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गरेसँगै घरेलु कोर्टमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

समूह चरणका दुवै खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको नेपालले शुक्रबार लगनखेलस्थित सैनिक शारिरीक तथा खेलकुद केन्द्रमा भएको खेलमा विजयी भएसँगै प्रतियोगितामा पाँचौं स्थान हासिल गरेको छ।

पहिलो सेटको राम्रो सुरुआत गरेको नेपाल पहिलो पटक १०-११ मा पछि परेको थियो। तर १६औँ अंकदेखि पुन लिड गर्दै २५-२३ ले नतिजा आफ्नो पक्षमा पार्‍यो।

२३औं अंकसम्म कडा प्रतिस्पर्धा गरेको नेपालले थप अंक जोड्न नसक्दा २३-२५ले दोस्रो सेट अफगानिस्तानलाई सुम्पिनु परेको थियो।

तेस्रो सेटको सुरुआती अंक गुमाउनु परे पनि नेपालले दोस्रो अंकबाटै पुनरागमन गर्दै २५-१८ को सहज नतिजा हात पारेको थियो।

प्रतिस्पर्धात्मक तेस्रो सेट २६-२४ ले आफ्नो पक्षमा पार्दै नेपालले जित सुनिश्‍चित गरेको हो।

पहिलो पटक नेपालमा आयोजित प्रतियोगिताको शनिबार हुने फाइनलमा किर्गिस्तान र उज्वेकिस्तान भिड्ने भएका छन्।

सेमिफाइनलसम्म पुगेर उपाधि होडबाट बाहिरिएका तुर्कमेनिस्तान र माल्दिभ्स शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology