शनिबार, अशोज ४, २०७६
Prabhav News

६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा पक्राउ

  • घटना
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा पक्राउ

बाँके – बाँकेको कोहलपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बालिका बलात्कारको आरोपमा फरार रहेका कोहलपुर नगरपालिका-११, शान्तिनगरका ३८ वर्षीय गोविन्द दमाईलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पीडित पक्षले गत असार २६ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि दमाई फरार रहेका थिए ।

प्रहरीले करिब डेढ महिनापछि दमाईलाई बुधबार बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानी गाभरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेश बहादुर सिंंहले जानकारी दिनुभयो ।

गाउँकै बालिकालाई बलात्कार गरेकाे आराेपपछि फरार रहेका दमाईले आफन्तको सहयोग लिएर पीडित पक्षलाई आर्थिक प्रलोभन पारी मुद्धा मिलाउने प्रयास गर्दै आएका थिए । प्रहरीले बलात्कार जस्तो जघन्य मुद्धा मिलाउन भूमिका खेल्ने ८ जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश दमाईका आफन्त र नातागोता रहेका छन् । पक्राउ परेका दमाई यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology