शुक्रबार, अशोज ३, २०७६
Prabhav News

अवैधरुपमा बालुवा ओसारपसार गर्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा



अवैधरुपमा बालुवा ओसारपसार गर्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा फाईल तस्विर

खोटाङ –  नदीबाट अवैधरुपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा क्षेत्रबाट दूधकोसीको बालुवा निकालेर दिक्तेलतर्फ जाँदै गरेको ट्याक्टर र ट्याक्टर र चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालुवा लिएर आउदै गरेको ना ४ त ९१७२, को २ त ८२३८, ना ४ त ९६५५, ना ५ त ६६८३, को २ त १३८४ र को १ त ३८१२ नम्बरको ट्याक्टर बुधबार नियन्त्रण लिएर जिल्ला समन्वय समितिलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।

असारदेखि भदौकोबीचमा ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री उत्खनन् गर्न नपाइने नियम अनुशार बालुवा ओसार–पसारमा प्रयोग भइरहेको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक बबी चाम्लिङले पनि वाताबरणीय प्रभावकारी मूल्यांकन (आइईई) नगरी दूधकोसीबाट बालुवा निकासी गरेको पाइएकाले प्रहरीले ट्याक्टर र बालुवा जफत गरेको बताए ।

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology