शनिबार, अशोज ४, २०७६
Prabhav News

‘विरोधीहरूले मरिहालोस् भनेका छन् ,तर म अझै १५ वर्ष तगडा मै हुन्छु’: प्रधानमन्त्री ओली

  • राजनीति
  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६


‘विरोधीहरूले मरिहालोस् भनेका छन् ,तर म अझै १५ वर्ष तगडा मै हुन्छु’: प्रधानमन्त्री ओली

काठमाडौँ – संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिहीबार उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिएका छन् ।

सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘विरोधीहरूले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष तगडामै हुन्छु। विरोधीहरू अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ’ ।

‘म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्ष अगाडि बिरामी थिएँ, अब १५ वर्ष तगडामा सामेल छु, बाँकी १५ वर्ष तगडा मै हुन्छु’, ओलीले भने, ‘उपचारमा केही दिन लाग्ने भनिएको छ तर म संविधान दिवसभन्दा अगाडि नै आइपुग्छु ।’

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology