शनिबार, अशोज ४, २०७६
Prabhav News

अग्नि पिडित शिशुलाई अमेरिकामा बस्ने नेपालीबाट आर्थिक सहयोग



अग्नि पिडित शिशुलाई अमेरिकामा बस्ने नेपालीबाट आर्थिक सहयोग

खोटाङ- अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित शिशुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान अशारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रबिन राईको उचित शिक्षादिक्षा तथा पालनपोषणका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।

अमेरिका वसोवास गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका मिङमा शेर्पाको पहलमा ३० जनाबाट संकलित १ लाख १८ हजार ४ सय ५० रुपैयाँ सहयोग प्राप्त भएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जय कुमार राईले जानकारी दिए । शेर्पा संघ अमेरिकाका उपाध्यक्ष समेत रहेका शेर्पाले यायोक्खा उपाध्यक्ष राईको अनुरोधमा अति नै महत्वपुर्ण मानवीय सहयोगमा ऐक्यबद्धता जनाउदै अमेरिकावासी नेपालीहरुसँग संकलन अभियान चलाएका थिए । यस्तै, मानवीय सेवामा आगामी दिनहरुमा पनि खुलेर सहयोग गरिने शेर्पाले बताए ।

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology