शनिबार, अशोज ४, २०७६
Prabhav News

स्वस्थ्य चौकीका अहेब मृत फेला

  • घटना
  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६


स्वस्थ्य चौकीका अहेब मृत फेला सांकेतिक तस्विर

ओखलढुंगा- ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ९ काे स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा फेला परेका छन् । ज्यामिरे स्वस्थ्य चौकीका अहेब अन्दाजी ४१ वर्षीय पृथ्वी बहादुर बानियाँ मृत अवस्थामा फेला परेका हुन् । कार्यलय हिडेका बानियाँले स्थानीय कुमार वाग्लेले पसलबाट चारवटा प्लाष्टिको बोटलमा रहेको मादक पदार्थ सेवन गरेका बताइएकाे छ ।

बुधबार बिहान घरबाट कार्यलय हिँडेका बानियाँ मध्यान्ह मृत अवस्थामा फेला परेका स्थानीय टोकल श्रेष्ठले जानकारी दिए । ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताए । उनले मृतकले मादक पदार्थ सेवन गरेको भएपनि अनुसन्धान पछि मृत्युको कारण पत्ता लाग्ने बताए ।

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology