शनिबार, अशोज ४, २०७६
Prabhav News

नेपाल–भारत सम्बन्ध थप समृद्ध बनाउने प्रतिबद्धता

  • समाचार
  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६


नेपाल–भारत सम्बन्ध थप समृद्ध बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाल र भारतबीचको बीचको सम्बन्धलाई नयाँ उचाइ दिने विषयमा दुई देशका नेतृत्वले प्रतिबद्धता जनाएका छन् ।

बुधबार भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाए ।

भारतीय प्रधानमन्त्री मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता जनाएको सन्देश जयशंकरले प्रधानमन्त्री ओलीलाई सुनाए ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री निवास बालुवाटर पुगेर भेट गरेका हुन् । भेटमा दुवैतर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायित्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायित्वलाई पनि अगाडि बढाएर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाउनुका साथै प्रबुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको पनि भट्टराईले जानकारी दिए ।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडौँ आएका हुन् ।

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology