शनिबार, अशोज ४, २०७६
Prabhav News

अस्पतालका ९ जना नर्स एकैपटक गर्भवती !

  • रोचक
  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६


अस्पतालका ९ जना नर्स एकैपटक गर्भवती !

अमेरिकाको मेन मेडिकल सेन्टरका सबै ९ जना नर्सले एक महिनाको बिचतमा बच्चा जन्माएका छन् । यसअघि यी ९ जना नर्सको तस्बिर भाइरल भएको थियो ।

अब उनीहरुकै बच्चाहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी सबै ९ जना नर्स अस्पतालको प्रसुती विभागमा कार्यरत छन् । उनीहरु सबै ९ नर्सले अप्रिलदेखि जुलाईको बिचमा बच्चालाई जन्म दिएका हुन् ।

प्रसुतीअघि अस्पतालले फेसबुक पेजमा ‘गुड न्युज’ भन्दै सबै नर्सको तस्बिर सार्वजनिक गर्नुका साथै प्रसुती समय समेत देखाएको थियो ।

मेन मेडिकलका अनुसार यी सबै नर्सहरु प्रसुती गराउने कोठामा काम गर्ने र प्रसुतीका समयमा एक अर्कालाई सहयोग गर्न तम्तयार रहने गर्छन् ।

यिनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र हजारौले लाइक, कमेन्ट गरेका छन् । उनीहरुले बच्चालाई जन्म दिने नर्सहरुलाई बधाई पनि दिएका छन् ।

यी नर्समध्ये केहीको पहिलो बच्चा हो भने कसैको दोस्रो र तेस्रो बच्चा हो । तर संयोग उनीहरु सबैजना एकै समयमा गर्भवती भएर बच्चा जन्माएका छन् ।
-एजेन्सी

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology