शुक्रबार, अशोज ३, २०७६
Prabhav News

अदालतबाट फेरि ५ दिन म्याद थप्, रवि लामिछाने हिरासतमै रहने

  • समाचार
  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६


अदालतबाट फेरि ५ दिन म्याद थप्, रवि लामिछाने हिरासतमै रहने

काठमाडौं -सिधकुरा जनता संग कार्यक्रमका प्रस्तोता टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology