शुक्रबार, अशोज ३, २०७६
Prabhav News

एभीसी सेट्रल जोन : अफगानिस्तानको पहिलो जित

  • खेलकुद
  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६


एभीसी सेट्रल जोन : अफगानिस्तानको पहिलो जित

एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अफगानिस्तानले पहिलो जित हात पारेको छ । उद्घाटन खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

अफगानिस्तानले बंगलादेशमाथि मंगलबार भएको पहिलो खेलमा ३–२ को सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–२१ को जित दर्ता गरेको अफगानिस्तानले दोस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा बंगलादेशले राम्रो कमब्याक गर्दै २५–१९ ले जित हात पार्दै सेट १–१ को बराबरीमा ल्याएका थिए । तेस्रो सेटमा पनि बंगलादेशले २५–१८ ले जित निकाल्दै २–१ को अग्रता बनाउन सफल भयो ।

चौथो सेटमा अफगानिस्तानले प्रतिस्पर्धात्मकरुपमा २५–२३ ले जित निकाले पछि खेलको नतिजा पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा भने अफगानिस्तानले बाजी मार्न सफल भयो ।

२का विरुद्ध ६ अंक जोड्दै अग्रता बनाएको अफगानिस्तानमाथि बंगलादेशले अन्तिम समयसम्म दवाब कायम राखेको थियो । अन्तिममा बंगलादेशले पाँचौं सेट १५–१२ ले सुम्पदै पराजित भयो ।

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology