शुक्रबार, अशोज ३, २०७६
Prabhav News

कुटपिट प्रकरणमा पक्राउ परेका वडाध्यक्षसहित चारै जना छुटे



कुटपिट प्रकरणमा पक्राउ परेका वडाध्यक्षसहित चारै जना छुटे

खोटाङ – हुलहुज्जत गरेर स्थानीय एक युवालाई निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका वडाध्यक्षसहित चारै जना छुटेका छन् ।

खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेको अभियोगमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्ष खगेन्द्र राई, सोही वडाका रविन्द्र राई, मुकेश बस्नेत र रोशन राई छुटेका हुन् ।

आगामी दिनमा झै–झैगडा नगर्ने र घाईतेको उपचार खर्च वडाध्यक्षलगायतले व्यहोर्ने गरि पीडितका आफन्त र पीडकबीच मिलापत्र भएपछि उनीहरु सोमबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले जानकारी दिए ।

शुक्रबार कुटपिटबाट गम्भीर घाईते भएका महेशलाई आईतबार १ लाख ८० हजारमा हेलीकोप्टर चार्टर गरेर केएमसि अस्पताल काठ्माण्डौंमा उपचारमा भर्ना गराईएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनलाई काठ्माण्डौं पु-याइएको हो । कुटपिटकाक्रममा महेशको टाउको, छाती लगायत शरीरका विभिन्न भागमा चोट तथा निलडाम लागेको आफन्तले बताएका छन् ।

वडा कार्यालयको भवन निर्माणका लागि उपभोक्ता समिति गठनका विषयलाई लिएर उनीहरुबीचमा झगडा भएको श्रोतले बताएको छ । कुटपिटमा संलग्नलाई बाक्सीला प्रहरीचौकीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो ।

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology